विदेश

आतंकवादीलाई क्षमा गर्न नसकिने राष्ट्रपति ओबामाको भनाइ

आतंकवादीलाई क्षमा गर्न नसकिने राष्ट्रपति ओबामाको भनाइ

florida काठमाडौं, जेठ ३१ । अमेरिकी राज्य फ्लोरिडामकोे एक रात्री क्लबमा भएको गोलाबारीमा मर्नेको संख्या ५० जना पुगेको छ । राष्ट्रपति बाराक ओबामाले उक्त गोलाबारीको यस घटनालाई  दर्जनौं बेकसुर मानिस माथिको भीषण नरसंहार’ बताएका छन् । हृवाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा उनले बन्दुक चलाउने कार्य आतंकवादी कार्य भएको भन्दै क्षमा गर्न नसकिने जनाएका छन् ।

उनले हत्याको कारण बारे कुनै नतिजामा अहिले पुगिनसकिएको बताएका छन् । उक्त शहरका मेयर बडी डायरका अनुसार फ्लोरिडामा आपतकाल लागूू गरिएको छ । गोलाबारीमा सलिंगीको एक क्लबमा भएको थियो । ओरल्याण्डोका मेयरका अनुसार गोलाबारीमा ५० जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन् ।

America attack

विशेष