News

नेताहरुले यसकारण छोड्न सकेका रहेनछन् ग्रिनकार्ड, महतको मौनतामा लुकेको अर्थ

नेताहरुले यसकारण छोड्न सकेका रहेनछन् ग्रिनकार्ड, महतको मौनतामा लुकेको अर्थ

नेपाली कांग्रेसका रामशरण महतसंग ग्रिनकार्ड रहेको कुरा उनकै पार्टीका नेता, पूर्व सामान्यप्रशासन मन्त्री र अमेरिकामा बसेर फर्किएका ग्रिनकार्ड होल्डर अभिनेताले स्पष्ट गरिसकेका छन् । ६ पटक मन्त्री भइसकेका र राज्यको ढुकुटीको सांचो पटकपटक बुझिसकेका महतले ग्रिनकार्ड किन छोड्दैनन् ? धेरैलाई कतुहलता लाग्ने गरेको छ । यो कतुहलता मेटाउनका लागि ग्रिनकार्डसम्बद्ध केही पक्षहरु नियाल्न जरुरी छ । महतको पृष्ठभूमीको अध्ययनपनि जरुरी छ । को हुन् महत ? उमेरले ६५ का भए रामशरण महत । बहुदल सायद यिनलाई जति अरु कसैलाई फापेको छैन । २०३६ सालदेखि २०४६ सम्म यिनी संयुक्त राष्ट्रसंघ अन्र्तगतको युनडिपीमा काम गरे । बहुदलका लागि सबैभन्दा भीषण संर्घष हुंदा यिनी डलरमा तलब बुझ्थे । २०४२÷०४३ मा उनले अमेरिकन सरकारबाट छात्रवृत्तिपनि पाए । स्रोतका अनुसार सोही आसपासमा उनले ग्रिनकार्ड लिएका हुन् । ०४६ सालमा बहुदलीय व्यवश्थाको स्थापना भएपछि उनलाई कांग्रेस पृष्ठभूमीका कारण नेपाल बोलाइयो । योजना आयोगको उपाध्यक्ष बनाइयो । त्यसपछि राजनीतिमा सक्रिय भए । कांग्रेस सरकारमा जांदा उनले मालदार मन्त्रालए पाउंदै गए । किन छाड्दैनन् महतलगायतका नेताहरु ग्रिनकार्ड

ग्रिनकार्ड प्राप्त व्यक्तिको योगदान र योग्यता हेरेर अमेरिकाले विशेष भत्ता दिने गर्दछ । उसले सामाजिक सुरक्षावापत राम्रै ट्याक्स काटेको हुन्छ । करको रेकर्ड व्यवस्थित हिसावले राखिएको हुन्छ । व्यक्तिले तिरेको करको रेटिङ ४० पुगेपछि उसले सरकारबाट उल्टो भत्ता लिन पाउंछ । ६० बर्ष पुगेपछि नियमितरुपमा भत्ता आउन थाल्दछ । यस्तो भत्ता मासिक २ लाखदेखि ४÷५ लाखसम्म हुने बताइन्छ । यो भत्ता लिनका लागि अमेरिकामै बस्नुपर्छ भन्ने छैन । ग्रिनकार्ड र उसको योगदान हेरेर ६ महिनादेखि २ बर्षमा एकपटक अमेरिका पुग्दा हुन्छ । अमेरिकाको नागरिकता लिइसकेको व्यक्तिले अमेरिका बर्षौ नगएपनि यो भत्ता आफु बसेकै ठांऊमा बैंकमार्फत दिने गरिन्छ । यो हिशावले हेर्दा महतलाई ग्रिनकार्डवापत महिनाको कम्तिमा दुई लाख रुपैयां अमेरिकाले दिने गर्दछ ।

सामान्य प्रशासन मन्त्री रहिसकेका एमाले नेता लालबाबु पण्डितका अनुसार कांग्रेस नेतात्रय रामशरण महत, मिनेन्द्र रिजाल र एनपी साउद तथा राप्रपाका नेता सुनिलबहादुर थापासंग ग्रिनकार्ड छ । यि तीनै जना दुःख नगरिकन राजनीतिमा उदाएका पात्र हुन् । नेपालमा राजनीतिपनि भइरहेको छ । ग्रिनकार्डबापत पैसापनि आउने यता राज्य संयन्त्रमा हावीपनि हुन पाइने भएपछि किन छाड्ने ग्रिनकार्ड ?

महतको काइदा

सुशील कोइराला प्रधानमन्त्री हुंदा अर्थमन्त्री थिए महत । उनले पश्चिम नेपालमा करेसावारी शिक्षाका लागि विदेशीसंग दान लिने सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगे । केही मन्त्रीहरु रिषले आगो भए । करेसाबारीका लागि समेत विदेशीबाटै दान लिनुपर्ने ? नेपालको इज्ज्यत छैन ? भन्ने प्रश्न चर्को उठ्यो । सुशील कोइरालाले महतको प्रस्ताव इन्कार गरिदिए । महतले आफुले दातृनिकायलाई वचन दिइसकेको र आफ्नो प्रतिष्ठा जोगाउनका लागि भएपनि प्रस्ताव पारित गर्न कोइरालासंग अनुनय बिनय गरे । आइन्दा यस्ता सहमति नगर्ने सर्तमा मन्त्रिपरिषद्ले करेसावारी शिक्षाका लागि सहयोग लिने प्रस्ताव स्विकृत ग¥यो । महतमाथि नेपाल आफैंले केही गर्न सक्दैन भन्ने सन्देश विश्वभर फैलाएको आरोप छ । बेलायती पत्रिकाले उनलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा पुरस्कृत गर्दा नेपालमा उनको पुरस्कार हासोको विषय बनेको थियो । उनी आफुलाई केन्द्रमा राख्ने पात्रका रुपमा परिचित छन् । कांग्रेस नेतृ सुजता कोइरालाले उनी विदेशीको दलाल भएको र जन्मकैदको लायक भएको भनि सार्वजनिक अभिव्यक्ति दिएकी छन् ।

ग्रिनकार्ड लिनै नहुने होइन । सर्वसाधरण र सामान्य जीबन व्यतित गरेका हरुका लागि ग्रिनकार्डले कैयौं अवसरपनि प्रदान गरेको छ । तर, नेपालको कानून, संविधान र नैतिकदृष्टिले ग्रिनकार्ड लिएको व्यक्तिले राज्य संचालनको जिम्मेवारी लिन हुंदैन, पाइदैन । महतलगायतका नेताहरुले ग्रिनकार्डपनि लिने र राज्यसत्तापनि नछोड्ने प्रवृत्ति देखाएकै कारण उनीहरुको आलोचना भएको । लालबाबु पण्डित, सुजता कोइरालादेखि अभिनेता सरोज खनालसम्मले महतसंग ग्रिनकार्ड रहेको प्रष्टाइसकेका छन् ।

सामान्य प्रशासन मन्त्री रहदा लालबाबु पण्डितले ग्रिनकार्ड, पिआरका विषयमा अनेकथरी अनुभव गरे । नवराज भण्डारी सहसचिव थिए । उनको बढुवा रोकिने भयो । लालबाबुले सोधे,‘तपाईसंग ग्रिनकार्ड छ भन्ने रिपोर्ट छ । बढुवा हुनसक्दैन ।’ भण्डारीले टाउको छोएर कसम खाए,‘बाहुनको छोरो हुं धरोधर्म छैन । श्रीमतीसंग भएको सत्य हो ।’ उनी सचिव भए । ऐन पारित भएपछि उनी कुलेलाम ठोके । एउटा गोप्य खाम बुझाएर हिडेका उनी सो खाम मुख्यसचिवकोमा पुग्दा नपुग्दै अमेरिका पुगिसकेका थिए ।

पूर्वमन्त्री गोविन्दराज जोशीका छोराले पण्डितको निवासमा पुगेर ग्रिनकार्ड त्यागेको प्रमाण देखाए । उनी सरकारी सेवामा थिएनन् । अमेरिकामा बस्दै आएका जोशी नेपालको सेवा गर्ने भन्दै फर्किए ।  कर्मचारी र सरकारी जागिरेको हकमा ग्रिनकार्ड र विदेशको स्थायि बसोबासको प्रमाणपत्र बर्जित भइसकेको छ । तर, राजनीतिज्ञको हकमा स्पष्ट कानून बनिसकेको छैन । नयां संविधानले चुनावी प्रावधान र नियुक्तिका सन्दर्भमा बन्देज लगाएको छ । संक्रमणकाल लम्बिने अवश्थामा सो प्रावधान कार्यान्वयन हुन समय लाग्नेछ । यस्तो अवश्था महत, रिजाल, थापा र साउदलगायतका नेताहरुको ग्रिनकार्ड र पिआर छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यिनको छानबिन भएसंगै लहरो तान्दा पहरो भत्कने निश्चित छ ।

किन मौन छन् महतलगायतका नेता ?

एक अन्र्तवार्तामा अभिनेता सरोज खनालले रामशरण महतसंगै प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड रहेको ठोकुवा गरे । भोलिपल्टै लोहनीले कडा शैलीमा खनालको अभिव्यक्तिको खण्डन गरे । लालबाबु पण्डितपनि लोहनीसंग ग्रिनकार्ड रहेको सन्दर्भमा आफुलाई कुनै जानकारी नरहेको बताउंछन् । सायद उनीसंग छैन । त्यसैले कडा प्रतिवाद गर्न सके ।

कांग्रेस नेतात्रय महत, रिजाल, साउद र राप्रपा नेता थापासंग ग्रिनकार्ड रहेको उनीहरुकै व्यवहारले पुष्ट गर्छ । पहिलो उनीहरुले निजामति संशोधन ऐनको विरोधमा न्वारनदेखिको बल लगाए । दोस्रो उनीहरुसंग ग्रिनकार्ड रहेको भनि विभिन्न कोणबाट प्रश्न उठाइदापनि उनीहरुले छैन भन्न सकिरहेका छैनन् ।

सबैभन्दा बढी प्रश्न महतमाथि उठेको छ । उनलाई उनकै पार्टीकी नेतृ कोइरालाले दलालको संज्ञा दिएकी छन् । उनले ज्वांइ भन्ने गरेका पण्डितले क्यामरामै उनीसंग ग्रिनकार्ड रहेको बताइसकेका छन् । अभिनेता खनालले आफुसंग जस्तै ग्रिनकार्ड महतसंग रहेको जनाइसकेका छन् । तरपनि महत मौन छन् । उनीसंग प्रतिक्रिया लिने नेपालआजको प्रयास विफल रह्यो ।

 

Green Card

विशेष