रमेशको उपचारका लागि बेलायती पप गायिकाले खर्च जुटाउंदै
बाग्लुङ भिम गिठ्ठेका ११ वर्षीय रमेश दर्जीको छाला कालो र अस्वभाविक बनेपछि तीन महिना देखी काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराइरहेका छन्् । जन्मेको पन्ध्र दिनपछि रमेश दर्जीको छालाको कत्ला निस्कन सुरु भयो, छाला खस्रो भयो र बिस्तारै कालो बन्न थालेको उनका बाबु नन्दबहादुर दर्जी बताउंछन् । एक महिना सम्म काठमाडौं मेडिकलमा उपचार गराएपछि अहिले उनलाई अप्रेशन गर्नका लागि डाक्टरले सल्लाह दिएका कारण अहिले उनको परिवार काठमाडौंको बुङ्मती कोठा भाडा लिएर बसको छ । छोराको रेखदेख गर्दै दिन वित्ने उनका बाबु नरबहादुर बताउंछन् ।
बेलायतको इचथायोसिस एन्ड रिलेटेड स्किन टाइप्स, इंक (एफआईआरएसटी) का अनुसार यस्तो समस्याबाट हरेक वर्ष १६ हजार मानिस प्रभावित हुने गरेको बताएको छ । इचथायोसिसले टाउको र अनुहारको छाला सुख्खा भई अन्त्यमा माछाको जस्तो कत्ला देखिन्छ । बालकको आर्थिक अवस्था नाजुक रहको र उनका बाबु आमाले खर्च अभावले उपचार गराउन नसकेका कारणले उनका यस अघिको उपचार काठमाडौ मेडिकल कलेजले निशुल्क गरिदिएको थियो । उनको टाउको र अनुहारमा आएका मासु र खटिराका डल्लालाई सल्यक्रिया गरेको हटाएको थियो । जन्मिदै उसका माशंपेशी र हड्डी कम्जोर नभएकोले उसलाई उभिन सक्ने बनाउन समेत प्रयासरत रहेको अस्पतालको भनाई छ ।
चर्चित गायिका जोस स्टोनले रमेशलाई भेटी भिडियो खिचेर युट्युबमा पोस्ट गरेकी छन् । बालकको अवस्थामा सुधार आएको समेत सो भिडियोमा उनले उल्लेख गरेकी छन् । तर रमेशको रोग बल्झिन सक्ने चिकित्सकले चेतावनी दिंदै आएका छन् । जोस स्टोन फाउन्डेसनमार्फत जोस स्टोनले उपचारका लागि खर्च जुटाइरहेकी छन् ।
उनलाई आर्थिक सहयोग गर्न चाहनुहुनेले निजका बाबु नरबहादुर दर्जी ९८०५२०७८७३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Ramesh Darji