News

सांसद बन्नका लागि नयां शक्तिमा स्नातक गर्नुपर्ने

सांसद बन्नका लागि नयां शक्तिमा स्नातक गर्नुपर्ने

naya-sakti-press-release-2

काठमाडौं, जेठ ३२ । नयां शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ । प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टरार्यको राजनीतिक प्रतिबेदन ‘नयां शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुप माथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन् ।

समानुपातितर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको छ । भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्न प्रस्ताव गरे पनि कतिपय सहभागीले भने बाम भनिरहनु नपर्ने, लोकतान्त्रिक भने पुग्ने धारणा राखे । नयां शक्तिले पार्टीका सबै तहका नेता अनिबार्य चुनिएर आउनुपर्ने व्यवस्था समेत गरेको छ ।

कान्तिपुर दैनिक

Naya Sakti

विशेष