News

मापदण्ड विपरित एनजिओलाई सरकारको करोडौं रुपैया

मापदण्ड विपरित एनजिओलाई सरकारको करोडौं रुपैया

Shiksha Mantralay 2 सरकारले नेकपा माओवादी केन्द्रका नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं अनुदान दिंदै आएकोे छ । द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको ’सहिद प्रतिष्ठान नेपाल’ नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउदै आएको छ ।

मन्त्रालयमार्फत उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुंदैन । प्रष्ट नीतिबिनै बांडिने रकम चरम दुरुपयोग हुने गरेको स्रोत बताउंछ । स्रोतका अनुसार मन्त्रालयले विगत ९ वर्षदेखि उक्त संस्थालाई राजनीतिक विचार र पहुंचकै भरमा करोडौं दिंदै आएको छ । प्रतिष्ठानले यो आर्थिक वर्षमा मात्रै ८ करोड रुपैयां पाएको संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ दिन तयारी गरेको छ । सहिदका छोराछोरी पढाउने उक्त एनजिओका कार्यक्रम र अनुदान खर्चबारे अहिलेसम्म कुनै अनुगमन भएको छैन। नागरिक दैनिक

Education Nepal

विशेष