नक्कली हवाई टिकट बनाई पैसा खाने स्वास्थ्यका २४ कर्मचारी नाम सहित
काठमाडौ जेठ ३२ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका कर्मचारीले नक्कली हवाई टिकट बनाई पैसा खाएको पाइएको छ । महाशाखाका २४ कर्मचारीले आर्थिक वर्ष २०७०–०७१ मा सञ्चालित कार्यक्रमका लागि नक्कली हवाई टिकट पेश गरी रकम भुक्तानी लिएका हुन् । कतिपय कर्मचारीले उडान नै नभएको तालिकाको समेत नक्कली टिकट बनाएका छन् । केही कर्मचारीले एउटै उडानको समेत फरक रकम पेश गरेका छन् । महालेखापरीक्षको कार्यालयले हवाई टिकट नक्कली बनाएको प्रमाणित गरेको हो । कार्यालयले ती कर्मचारीबाट ६ लाख ५९ हजार ३ सय ७० रु असुल गरी कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । यस्ता फर्जी क्रियाकलापमा विभागका महानिर्देशकसहित उच्च अधिकारीको संलग्नता हुने भएकाले कारवाही हुन नसकेको विभाग स्रोतको भनाई छ । विभाग अन्तर्गतका विभिन्न महाशाखाबाट यसरी फर्जी बिल बनाई हरेक वर्ष करोडौं रुपिया कर्मचारीले खाने गरेको महालेखापरीक्ष कार्यालय स्रोतको भनाई छ ।
नाम हवाई टिकट बनाएको स्थान लिएको रकम रामजी वानिया (डोल्पा – नेपालगञ्ज) – १२५०० देव विसी (नेपालगञ्ज – डोल्पा) – २५००० कुसुम आचार्य (नेपालगञ्ज – डोल्पा) – २५००० ज्ञानबहादुर बस्नेत (ओखलढुंगा – विराटनगर) – ७०३५ देवीप्रसाद दाहाल (ओखलढुंगा – विराटनगर) – १४१५० सन्तोष शर्मा (संखुवासभा – विराटनगर) – ३१५० डम्बर विक्रम प्रधान (संखुवासभा – विराटनगर) – ३१५० पूण्य प्रसाद ढुंगाना (सोलु – विराटनगर) – ५५०५ नवल किशोर झा (खोटाङ – विराटनगर) – २३१९० मनिराम ढकाल (खोटाङ – विराटनगर) – २३१९० सिताराम बस्नेत (खोटाङ – विराटनगर) – १६०९५ विद्याप्रसाद जैसी (जाजरकोट – नेपालगञ्ज) – ६००० अनिल कुमार गुप्ता (जाजरकोट – नेपालगञ्ज) – २२५०० अमर सिंह शाही (हुम्ला – विराटनगर) – १०५०० टकशिल प्रसाद यादव (हुम्ला – विराटनगर) – १०५०० रोशनलाल चौधरी (मुगु – विराटनगर) – १८७०० धने वुद्ध (मुगु – विराटनगर) – १७००० दिपक कुमार शाही (मुगु – विराटनगर) – १७००० सुनिल कुमार शाह (जनकपुर – काठमाडौं) – ४२०० अजय कुमार यादव (पोखरा – मुस्ताङ) – १००४० जनार्धन पौडेल (पोखरा – मुस्ताङ) – १००४० पृथ्वीनारायण योगी (जुम्ला – नेपालगञ्ज) – १५०८० नविन खड्का (जुम्ला – नेपालगञ्ज) – १५०८० सुखि उ साउद (जुम्ला – नेपालगञ्ज) – १५०८०
Health Minister Of Nepal