News

मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?

मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?

mina-kumari-khadka

कान्तिपुर पब्लिकेशनको साप्ताहिक पत्रिका नेपालले असोज–२०७२ मा एउटा महिलाको सफलताको कथा छाप्यो । कभरमा शीर्षक थियोः नमुना मीना । समाचार दलदलमा कमल शीर्षकमा लेखिएको थियो ।

लेखन मार्मिक थियो । शुरु यसरी गरियोः मदर टेरेसा बाराक ओबामा, हार्वर्ड युनिभरसिटी... पहिले के सोध्ने ? यस्तै अलमलबीच मीनासिंह खड्का, ५९, लाई सोधियो – तपाईको जन्मथलो कहां हो ? यति झूर प्रश्न हार्वर्ड–रिटर्न प्राध्यापकलाई पक्कै सुहाउंदो थिएन । तैपनि, मदर टेरेसाको प्रसंगमा पुग्ने बाटो त्यही भइदियो ।

mina-article-1

mina-article-2

mina-article-3

यसरी शुरु भएको मीनाको मार्मिक कथामा उनी विश्वका नाम चलेका ३५ वटा विश्वविद्यालयमा आवद्ध रहेको, ९ भाषा खरखरर बोल्न सक्ने, डबल पिएचडी, हार्वडमा प्रध्यापन गरेको, अमेरिकी राष्ट्रपति ओबामासंग दोस्ती रहेको, समाज परिवर्तनका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको, बाल्यकालमा मदर टेरेसासंगै बसेको आदिइत्यादि प्रसंग छन् । आम नेपालीले कल्पनापनि गर्न नसक्ने सफलता पाएकी मीनाबारेको रिपोर्टको अन्त्यमा उनलाई कोर्ट गरिएको छ, ‘म न यो दलको, न त्यो दलको । बरु दलदलमा शिक्ष्ाँको कमल फुलाउने कमिला कदको मान्छे ।’

यो स्टोरी छापिएको केही समयपछि उनले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम टफ टकमा स्थान जमाइन । टफ टकलाई उनले सजिलै पचाइदिइन् । उपरखुट्टी लगाएर बढो आत्मविश्वासका साथ उनले उत्तर दिएकी थिइन् । कतिपय प्रसंगमा उनी उत्तर दिदिनथिन् । जस्तो पीएचडी कहिले गरेको भन्ने प्रश्नको उत्तरसमेत उनीसंग थिएन । उनले बर्षको पछि नलाग्न प्रस्तोतालाई आग्रह गरिन् । प्रस्तोतपनि मोडिए ।

[embed][/embed]

टफ टक र नेपाल म्यागजिनमा स्थान जमाइसकेपछि उनको प्रख्याती चारैतिर फैलियो । उनलाई आर्दश नारीका रुपमा हेर्न थालियो ।

नागरिकमा बेग्लै कथा

जेठ ३१ मा नागरिकमा बेग्लै कथा छापियो । मीना गफाडी र झुट भएको सन्दर्भ थियो । उनले यसअघि नेपाल पत्रिका र टफ टकमा गरेका दाबी सबै प्रसंग झुट भएको लेख छापियो । हेनुहोस् समाचार ।

nagarik screenshot-mina khadka

नागरिक अनलाइनले भिडियोपनि अपलोड गरेको छ । जहां उनले दिइरहेका गफ सुनाइएको छ । अन्र्तवार्ताकार देखिएका छैनन् । तर, अन्र्तवार्ताकारले मीनाको झुट प्रमाणित गर्न धेरै प्रसंग जोडेका छन् ।

[embed][/embed]

नागरिक र कान्तिपुर मध्ये को झुट ? मीना एक व्यक्ति हुन् । उनका बारेमा दुई ठूला मिडियाले दुईथरी कथा छापेका छन् । एकदमै विपरित कथा । यसो हुंदा दुबै मिडिया सत्य हुने कुरा भएन । नागरिक र कान्तिपुर मध्ये कुनै एक झुट हुने निश्चित छ ।

पहिलेका प्रसंग

कान्तिपुरले यसअघि अनुजा बानियां र रसेन्द्र भट्टराईको कथा छापेको थियो । ति दुबै कथा असत्य सावित भए । पछिल्लो समय अम्बर गुरुङको मृत्युको समाचारका कारण कान्तिपुर आलोचित छ । अर्कोतर्फ नागरिक पत्रिकाले भक्तमान श्रेष्ठको अपहरण र दिलशोभा प्रकरणमा नराम्रो धक्का खाइसकेको छ । अनुजा बानियांले भेट्टाएको झण्डै १ करोड फिर्ता गरेको, रसेन्द्र भट्टराई महाधनी रहेको र विश्वका शक्तिशाली व्यक्तिको साथी रहेको भनि प्रकाशित समाचार गलत प्रमाणित भएका थिए । भक्तमान श्रेष्ठलाई माओवादीले अपहरण गरी बाग्लुङ पु¥याएको समाचार निरन्तर नागरिकले छापिरह्यो । सुरक्षा निकाय उतै लागे । अपराधिक समुहले श्रेष्ठलाई अपराधिक समुहले अपहरण गरी काठमाडौं ल्याएको तत्य झण्डै तीन हप्तापछि पत्ता लाग्यो । समाजसेवी दिलशोभा यौन दुराचारी रहेको आशयको समाचार नागरिकले प्रकाशित गरेपछि मानिसको मनोविज्ञान नराम्रोसंग भत्कियो । आरोप पुष्टि हुन नसकेपछि नागरिकको साख नराम्रोसंग खस्कियो ।

साना मिडियामा गल्ति दिनहुं भइरहन्छन् । तर ठूला मिडियामा भएका गल्तिले समाजलाई ठूलै प्रभाव पार्दछन् । मीनालाई कान्तिपुरले आर्दश बनायो । कैयौंले उनलाई श्रद्धा गरे । नागरिकले अहिले नटवरलाल बनाउंदैछ । मानिसले उनीप्रति गालीको बर्षा गरेका छन् । प्रश्न उठ्छः नागरिक र कान्तिपुर मध्ये कस्को कथा ठीक ? मीना आखिर हुन् को ?

Kantipur Minashingh Khadka Nagarik Daily nepalaaja Republica Tough Talk

विशेष