News

दशरथ रंगशाला अब खेलमैदान हैन राजनीतिक दलको क्रिडास्थल

दशरथ रंगशाला अब खेलमैदान हैन राजनीतिक दलको क्रिडास्थल

baburam-naya-sakti

नेपालको एकमात्र अन्र्तराष्ट्रिय प्रतियोगिताहरुहुने खेल मैदान दशरथ रंगशाला हाल आएर राजनीति गर्ने थलो बनेको छ । पार्टीको घोषणा होस वा चियापान समारोह सबैजसो पार्टीले रंगशालालाई नै ताक्ने गरेका छन् । किनकी त्याहा उनिहरुले सोचेको जस्तो सुविधा सित्तैमा पाउने गर्छन् । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पमा दशरथ रंगशाला पनि अछुतो रहन सकेन ।

maghi

रंगशालाका संरचनाहरु भूकम्पले छिया छिया भए । तर भूकम्प गएको १ वर्ष सम्म पनि यसको अवस्था अझै फेरिएको छैन् । विनाशकारी भूकम्पका कारण तात्कालिन अवस्थामा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सर्यो ।

congress-chiyapan-4

यहि जिर्ण अवस्थामा रहेको रंगशालामा भर्खरै नयाँ शक्तिले १ लाख कार्यकर्ता रंगाशालामा भित्र्यायो । एक लाख कार्यकर्ताले गरेको फोहरको व्यवस्थापन रंगशालाका कर्मचारीले आफै व्यवस्था गरेको रंगशालाका प्रशासन प्रमुख बताउंछन् । रंगशालालाई प्रयोग गर्न दिने नदिने अधिकार सदस्य सचिवको हुने उनले बताए । ५५ वर्षे लामो इतिहांस भएको मुलुककै एक मात्र अन्र्तराष्ट्रिय खेल मैदान दशरथ रंगशाला राजनीति दलको प्रमुख आकर्षणको केन्द्र बनेको छ ।

congress-chiyapan-1

नेपालमा संविधान आएको खुसियालीमा नेकपा एमाले गत असोज ५ गते चियापानको आयोजना गर्यो त्यसपछि नेपाली कांग्रेसको चियापान पनि रंगशालामै भयो त्यसपछि थारुहरुको माघी पर्व पनि रगंशलाले नै मनायो । बाजागाजाका साथ रमाइलो कार्यक्रम होस या चयापान अहिले रंगशालामा यस्तै मात्र देखिन्छ खेलकुद प्रतियोगिता हैन । नेपालले सन २०१८ मा दक्षिण एशियाली खेलकुद आयोजना गर्ने जिम्मा पाएको छ । तर अझै एकमात्र रंगाशालको पूर्न निर्माणका लागि के गर्ने भन्ने अन्योल मै छ ।

uml-chiyapan-4

पहिलेको लाई पून निर्माण गर्ने हो की त्यससलाई निरन्तरता दिने भन्ने बारे कुनै टुंगो नलागेको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पाले बताए । उनका अनुसार अहिलेसम्म परिषदले आर्थिक अभावका कारण टेण्डरको आब्हान पनि गर्न सकेको छैन् । आगामी बर्ष सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हुनेछ ।

Nepali Khelkud Nepali Rangasala

विशेष