बङ्गालको खाडीको मौसमको बारेमा बुझ्न रोबोटको प्रयोग
जेठ ३२ । बङ्गालको खाडीमा मौसमको अवस्था बुझ्ने प्रयोजनका लागि पानी भित्रै रोबोट परिचालन थाहा पाइने भएको छ । भारत र बेलायतका मौसमविद्हरुले सो रोबोट पानीमा परिचालन गर्ने भएका हुन् । भारतीय समुद्रको पानीभित्रबाट बङ्गालको खाडीको मौसम मापन गरिने भएको बताइएको छ । मौसमको भविश्यबाणी प्रक्रिया थप विश्वसनीय बनाउन र यकिन रुपमा मौसमको मापन गर्न सजिलो होस भनेर यो प्रविधिको प्रयोग लाग्न लागिएको हो ।
मौसमको अवस्था पत्ता लगाउनका लागि उक्त खाडीको माथिपट्टिबाट अत्याधुनिक यन्त्रजडित उडान पनि गरिने भएको बताइएको हो । दक्षिण एसियाको मौसममा नै बङ्गालको खाडीको प्रभाव पर्ने गर्दछ । त्यसैगरी यसबाट भारत र बङ्गलादेश सबैभन्दा बढी प्रभावित हुने गर्दछन् ।
Robot