News

लोकमान सिंह कार्की युरोप भ्रमणका क्रममा पेरिस पुगे

लोकमान सिंह कार्की युरोप भ्रमणका क्रममा पेरिस पुगे
जेठ - ३२, अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त माननीय लोकमान सिंह कार्की युरोपियन देशको भ्रमणको क्रममा प्रान्सको राजधानी पेरिस पुगेका छन् । उनले त्यहाँ स्थित विश्वव्यापिकरण, संकृति, सूचना तथा अन्तार्राष्ट्रिय विकासका कार्यकारी प्रमुख (डिईएससीओटिईएस) अन मारीसँग शिष्टाचार भेटघाट गरेका छन् । Lokman Sing Karki and Ann-Marie भेटबार्ताका क्रममा डिईएससीओटिईएसले विभिन्न मुलुकमा भ्रष्टचार नियन्त्रणका विधि र तरिका फरक भएपनि उद्देश्य प्राप्तीका लागि सबै सामूहिक रुपमा प्रतिवद्ध भएर लाग्नु पर्ने बताएन । उक्त भेटमा माननीय प्रमुख आयुक्तले नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक जिम्मेवारी, दायीत्व एवं भ्रष्टाचार नियन्त्रणमा आयोगले अवलम्बन गर्दै आईरहेका रणनीतिहरूका बारेमा जानकारी दिए । साथै उनले अनूभवहरुको आदान-प्रदान गरि भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा कार्यरत संस्थाहरुविचको सम्बन्ध विस्तार गर्नु र अन्तराष्ट्रिय जगतमा बढ्दै गैरहेको भ्रष्टाचारको संगठित सञ्जाललाई निष्तेज पार्न सहकार्य एवं ऐक्यवद्धताका लागि आव्हान गर्नु आफ्नो भ्रमणको उदेश्य रहेको जानकारी गराए । माननीय प्रमुख आयुक्तले १८औं शताव्दीमा नेपालका तत्कालिन प्रधानमन्त्रीले फ्रान्स भ्रमणको अवसरमा हासिल गरेको फ्रान्सेली कला र संस्कृति नेपालले समेत अनुसरण गरेको प्रसङ्ग समेत भेटको क्रममा स्मरण गरे । त्यसैगरी नेपाल - फ्रान्स विच लामो द्विपक्षिय सम्बन्ध रहेको र दुई मुलुक विचको सम्बन्धलाई अझै प्रगाढ बनाउने दिशामा यस भ्रमणले थप योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै माननीय प्रमुख आयुक्तले केही समय यता फ्रान्समा भएका आतङ्ककारी हमलाको निन्दा एवं घोर भर्तस्ना गरे । अायुक्तले गत वर्ष नेपालमा गएको आम विनाशकारी भूकम्पको समयमा फ्रान्सले नेपालका भुकम्प पिडितलाई पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गरे ।

Ann-Marie Lok man sing karki

विशेष