News

नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा दुईकाे मृत्यु, एक वेपत्ता

नवलपरासीमा भएका छुट्टाछुट्टै घटनामा दुईकाे मृत्यु, एक वेपत्ता
नवलपरासी ३२ जेठ । नवलपरासीमा भएका छुट्टाछुट्टै घटनाहरुमा दुई जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । death 1 नवलपरासीको बर्दघाटमा सोमबार राति आफनै घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारी अनुसार बर्दघाट नगरपालिका ४ बर्दघाट स्थित रहेका वर्ष ४१ का रनबहादुर पुनको आफनै घरको तेस्रो तल्लाबाट खसेर ज्यान गएको हो । अत्यधिक गर्मी भएका कारण गर्मी छल्नका लागि सधै जसो छतमा सुत्ने गरेको उनी राति साढे ९ बजे तिर सुत्ने क्रममा कौसी बाट भुईमा खस्न पुग्दा मुत्यु भएको प्रहरीले जनाएको हो । मंगलबार विहान नवलपरासीको धौलागिरी चोकको प्रतिक्षालयमा मागेर खाने स्थानीय देवचुली १५ प्रगतिनगरको ३६ का जगबहादुर थापा मृत अवस्थामा भेटिएका छन् । स्थानीयले उनलाई लडेर बसेको भेटिएपछि उनलाई उपचारका लागि अस्पताल लैजादा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।  त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी मोहनलाल चौधरी गएराति नारायणी नदीमा वेपत्ता भएका छन् । माछा मार्न गएको उनलाई साथीहरुले माछा कुर्न लगाएको भएपनि पछि माछा मात्र रहेको र चौधरी नभेटिएपछि नदीमा बगाएको आशंकामा स्थानीयले खोजी गरेका छन् । उनको स्थानीय बासिन्दा र कोल्हुवा प्रहरी चौकीले खोजतलास गरेका छन् ।

Death Nawalparashi

विशेष