News

प्रम ओलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण

प्रम ओलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण
जेठ – ३२, प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । kp-oli दिउसो करिव २ बजे विमानस्थल निरीक्षणमा पुगेका प्रधानमन्त्रीले विमानस्थलको निरीक्षणपछि प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन गरेका छन् । साथै प्रधानमन्त्रीले विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाई गर्न पनि सरोकारवाला पक्षलाई निर्देशन दिए । नेपाल टेलिभिजनबाट हरेक शनिबार साझ ८ः४५ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को गत हप्ताको कार्यक्रममा एकजना दर्शकले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि प्रधानमन्त्रीले आज आकस्मिक निरीक्षण गर्न पुगेको हुन् । प्रधानमन्त्रीको साथमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत विमानस्थल गएका थिए ।

KP Oli tribhuwan airport

विशेष