News

नयाँ शक्तिको राष्ट्रिय भेला सम्पन्न

नयाँ शक्तिको राष्ट्रिय भेला सम्पन्न
 जेठ - ३२ । नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाले आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेकाे छ ।  nayashakti विभिन्न ८ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै भेलाले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार जस्ता समस्याप्रति सरकार गम्भिर हुनुपर्ने निष्कर्ष निकालेकाे हाे । भेलाको समापनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको दुष्मन कोही नरहेको भन्दै पार्टीले अब समुद्रको गहिराइमा पुगेर मोती निकाल्ने गरी काम गर्ने बताए । जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न सदस्यहरुलाई निर्देशन दिए । अाम्दानी र खर्च कति ? नयाँ शक्तिले भेला समापनका क्रममा पार्टीको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरेको छ । विवरण अनुसार जम्मा १ करोड ६१ लाख ३७ हजार तीन सय भएको छ । यो रकम मध्ये एक करोड २० लाख २७ हजार तीन सय सदस्यता शूल्क उठाएको छ । प्रवेश शूल्क सात लाख ५० हजार त्यस्तै सचिवालय सदस्य शूल्क ६ लाख ६० हजार छ भने परिसद सदस्य सहयोग दुई लाख रहेको छ । चन्दाबाट २५ लाख प्राप्त गरेको छ । प्रचार प्रसारको लागि ३६ लाख ६८ हजार रहेको छ मञ्च निमार्ण खर्च २० लाख १३ हजार त्यस्तै खाना खर्च भनेर ७ लाख २४ हजार ५ सय, अथिति बसोबास खर्च १५ लाख १० हजार ५ सय, रंगशाला तथा हल भाडा १ लाख ७० हजार, जनपरिचालन खर्च ११ लाख ८ हजार ६ सय ७२, अन्य विविध खर्चको नाममा १२ लाख ६ हजार ४ सय ८ गरी कुल खर्च एक करोड ४० लाख एक हजार ८० खर्च भएको विवरण जारी गरेको छ । यस मध्य नगद खर्च ५० लाख ८७ हजार एक सय ७२ नगद खर्च भएको र ५३ लाख १३ हजार नौ सय ८ तिर्न बाँकी रहेको विवरणमा जनाईको छ । ५० लाख आठ हजार दुई सय २७ बचत रहेको र ७ लाख २७ हजार ९ सय ९३ बैंकमा मौजात रहेको कुरा प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । naya shakti 1 भेलाले केन्द्रीय समिति बनाउन नसकेपनि समापनका क्रममा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुले नाचगान गरेर खुशी बाँडेका थिए । nayashakti 2

naya shakti

विशेष