नेवि सङ्घको महाधिवेशन मिति टुंगो लाग्यो
काठमाडौँ, १ असार । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ ।केही दिनदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो बैठकले सङ्घको महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको हहो । आगामी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ भने पदाधिकारीको संरचनाका बारेमा टुङ्गो लगाउन कार्यदल गठन गरी जिम्मा दिइने भएको छ ।
रन्जित कर्णको नेतृत्वमा रहेको सङ्घको अहिलेको मनोनीत केन्द्रीय समिति १२१ सदस्यीय रहेको छ । देशभरका विभिन्न जिल्ला समिति तथा क्याम्पस समितिमा रहेको विवाद मिलाउन छुट्टै समिति बनाउने र महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय भएको भण्डारीले जानकारी दिनुभयो । झन्डै १५ जिल्लामा अझै पनि सङ्घको विवाद रहेको भनिएको छ ।
सातवटै प्रदेशमा असार महिना भित्रमा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्नुका साथै महँगी कालोबजारी, शैक्षिक व्यापारीकरणलगायतका विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने तयारी नेवि सङ्घले गरेको छ ।
Nepal Bidyathi sangh