News

राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष

राष्ट्रसंघीय महासभामा नेपाल उपाध्यक्ष

United-Nations-Organisation-UNO-660x330असार १ । संयुक्त राष्ट्रसंघको ७१औँ महासभाका लागि नेपाल उपाध्यक्षमा चुनिएको छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रबाट चार मुलुक उपाध्यक्ष चुनिएका छन् । नेपाल पहिलोपल्ट निर्वाचित भएको हो । महासभाको अध्यक्षमा संयुक्त राष्ट्रसंघका लागि फिजीका स्थायी प्रतिनिधि पिटर थोम्सन ९४ मत ल्याएर निर्वािचत भएका छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका साइप्रसका कूटनीतिज्ञले जम्मा ९० मत पाए । महासभा आगामी १३ सेप्टेम्बरमा सुरु हुनेछ ।

एसिया प्यासिफिक समूहबाट नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको हो । योसँगै नेपाल महासभाको साधारण समितिको सदस्य स्वतः हुनेछ । तीनवटा सत्रका लागि नेपाल सदस्य हुनेछ । महासभामा २१ मुलुकका उपाध्यक्ष चुनिएका छन् । अफ्रिकी समूहबाट कंगो, आइभोरीकोस्ट, नाइजेरिया, मौरिटानिया, जाम्बिया, एसिया प्रशान्त क्षेत्रबाट नेपाल, बंगलादेश, सोलोमोन टापु र तुर्कमेनिस्तान, पूर्वीयुरोपबाट अर्मे्निया, ल्याटिन अमेरिका तथा क्यारेबियनबाट बहमास, बेलिज तथा एलसाल्भाडोर, पश्चिम युरोपबाट बेल्जियम र जर्मनी उपाध्यक्षमा निर्वाचित भएका छन् ।

kamal Thapa UN Nepal

विशेष