News

सरकारमा कुनै हालतमा सहभागी नहुने नेपाली कांग्रेसका नेता निधिको स्पटोक्ति

सरकारमा कुनै हालतमा सहभागी नहुने नेपाली कांग्रेसका नेता निधिको स्पटोक्ति

bimlendra nidhi काठमाडौं, १ असार । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेस केपी ओली नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने बताएका छन् । मंगलबार आयोजित एक सात्क्षतकारमा बोल्दै नेता निधिले भने,‘अहिलेकै अवस्थामा हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं भन्ने स्पष्ट पारे । नेता निधिले भुकम्प पीडितहरुको नामावली संकलन गर्न खटाईएको एनजीओ नै एमाले निकट रहेको उल्लेख गर्दै भने,‘भूकम्प प्रभावित जिल्लामा एमालेले पक्षपात गरिरहेको छ, काँग्रेसका पीडित नेता तथा कार्यकर्तालाई छानीछानी नामावलीबाट बहिष्कार गरेको गुनासो आईरहेका छन् ।’ उनले यसविषयमा पार्टी केन्द्रीय समितिले जिल्ला सभापतिहरुसँग बृहत्त छलफल भैरहेको बताउँदै यस विषयमा बुधबारबाट सुरु हुने संसदमा काँग्रेस कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

निधिले पटक पटक आफूहरु न्यायलयको सम्मानमा अडिग रहने प्रतिबद्धता दोहो¥याउँदैन भने,‘सर्वोच्च अदालत विरुद्ध हामी बोल्दैनौं, र बोल्ने छैनौं, न्याय सम्पादनमा हामी सँधै सहयोगी बन्न चाहन्छौं ।’ यद्धपी उनले न्यायलय र न्यायपरिषदको कामकारवाही एवम् प्रक्रियावारे टिप्पणी गर्न पाउने लोकतान्त्रिक अधिकार भएको तर्क गर्दै भने,‘न्यायलयमा राजनीतिक प्रभाव नपरोस भनेर नै हामीले यसको पक्षमा आवाज उठाएका हौं ।’ उनले न्यायपरिषदले एमालेबाट सांसद भैसकेको व्यक्तिलाई सर्वोच्चको न्यायधिशमा नाम सिफारिश गरेपछि त्यसको विरुद्धमा आफूहरुले बोलेको स्पष्ट पारे । न्यायपरिषदबाट सिफारिश नामवारे संसदीय सुनुवाई समितिमा छलफल हुनु नै राजनीतिक विषयको कुरा भएकाले यसवारेम टिप्पणी गर्नु आफूहरुको अधिकार र कर्तव्य भएको नेता निधिको भनाई थियो ।

Bimalendra

विशेष