News

जागिर चाहियो भन्दै प्रधानमन्त्रीसंग जाने बढे

जागिर चाहियो भन्दै प्रधानमन्त्रीसंग जाने बढे

kp sharma oli-rss काठमाडौं, असार १ । गत असोज २४ मा केपी ओली प्रधानमन्त्री भएयता उनको बालुवाटार निवासस्थित सचिवालयमा मात्रै २ सय ९७ पत्र दर्ता भएका छन् । यीपत्र समेत गरेर सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्री सम्पर्क शाखामा १३ सय ४४ पत्र दर्ता भएका छन् । अर्थात् मासिक औसतमा १ सय ६८ पत्र प्रधानमन्त्रीका नाममा आउँछन् । अचम्म त के छ भने प्रधानमन्त्रीको सचिवालयमा जनताका गुनासा र मागपत्र मात्र आउँदैनन् ।

जागिरको खोजीदेखि आफूले जानेको तन्त्रविद्या प्रधानमन्त्रीलाई सुनाउने इच्छापत्रसम्म आउँछन् । सचिवालयमा कार्यरत स्वकीय सचिव रमेश आचार्यका अनुसार सबैभन्दा धेरै पत्र आर्थिक सहायताका विषयमा आउँछन् । त्यसपछि स्वास्थ्य उपचारमा सहयोग चाहियो भन्ने र जागिर चाहियो भन्ने पत्र धेरै आउँछन् ।

जस्तो कि, हुम्ला श्रीभट्टाकी सरिता तामाङले जागिर चाहियो भन्दै निवेदन हालेकी छन् । स्वकीय सचिव आचार्यले अनुभव सुनाउँदै भने, ‘एकजनाले त मैले राति अनौठो सपना देखेँ, अब भारत र चीनबीचको समस्या म सुल्झाइदिन्छु । प्रधानमन्त्रीलाई यो कुरा सुनाउने अवसर दिनुस् भनेर निवेदन दर्ता गराएका थिए । कान्तिपूुर दैनिक

KP Oli

विशेष