डोटी कारागारको अवस्था जीर्ण
असार १ । राणाकालमा निर्मित जिल्ला कारागार डोटीको भवन जीर्ण बन्दा सास्ती खेपिरहेका कैदी हाल उडुसको टोकाइबाट झन हैरान बनेका छन् । कारागारको उचित व्यवस्थापन नहँुदा कैदीले बारम्बार सास्ती खेप्नुपरेको हो । बर्खामा लामखुट्टे, उडुसजस्ता परजीवीको सङ्क्रमणबाट बिरामी हुने गरेको कैदी को बिजोक भएको छ । रासस