एसएलसीको नतिजा पर्सी नतिजा थाहा पाउन कहां हेर्ने तालिका सहित
काठमाडौँ, असार १ । एसएलसी परिक्षाको नजिता पर्सी आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षरांकन प्रणाली ग्रेडिङमा परीक्षाफल प्रकाशित गर्दैछ ।
विभिन्न ९ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिएका छन् । उहाँका अनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षरांकनमा राखिएको छ ।
परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए । चैत १८ गतेबाट सुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् । एसएलसीको नतिजा हेर्नका लागि एसएमएस र अनलाइनबाट पनि हेर्न सकिने छ ।
SLC Nepal