News

प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव अब अर्को बैशाखमा प्रान्तिय सरकारको चुनाव

प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव अब अर्को बैशाखमा प्रान्तिय सरकारको चुनाव

kp sharma oli-rss

काठमाडौं असार १ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । लोकसेवा आयोगको वाषिकउत्सव मा प्रधानमन्त्री ओलीले १९ महिनाभित्र तीनवटै चुनाव गर्ने बताए । उनले मंसिरभित्र स्थानीय चुनाव हुने बताए । सरकारले नीति तथा कार्यक्रममा मंसिरभित्र अन्तरिम स्थानीय चुनाव गर्ने बताएको थियो ।

तर, सत्तारुढ माओवादी, प्रमुख विपक्षी कांग्रेस लगायतले यसको विरोध गरेका थिए । उनीहरुले अन्तरिम स्थानीय चुनाव भन्दा संविधान अनुसार नै स्थानीय तह गठन गरेर चुनाव गर्नु पर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले वैशाखभित्र प्रादेशिक चुनाव गर्ने र मंसिरभित्र संघीय संसदको चुनाव गर्ने समेत बताए ।

KP Oli

विशेष