कांग्रेसको विरोध पछि संसद बैठक स्थगित
काठमाडौं १ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकमाथि विभेद गरेको र राहत रकम पनि नदिएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । बैठकमा संसद नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको दफाबार छलफल गराउने तयारी थियो । बैठकमा सांसद अर्जुननरसिंह केसीले बोलेपछि सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।