News

देश ठुलो दुर्घटनामा फस्ने खतरा छ - हृदेयश त्रिपाठी

देश ठुलो दुर्घटनामा फस्ने खतरा छ - हृदेयश त्रिपाठी
नवलपरासी १ असार तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदेयश त्रिपाठीले मधेशका जाहेज माग सरकारले सम्बोधन नगरे देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।रिपोर्टस क्लब नवलपरासीले गुठीप्रसौनीमा गरेको सात्क्षाकारमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । hirdayas tirpathi त्रिपाठीले सरकारको प्रबृत्ति बास्तविक वार्ता नभई नाटकीय ढङ्गको प्रस्तुति भएको समेत आरोप लगाए । मधेश आन्दोलनमा मृत्युभएकाहरुलाई सहिद घोषणा , घाईतेलाई निशुल्क उपचार र कार्यकर्ता माथि लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता नहुने भएकाले पहिला वार्ताको वातारण वनाउन आबश्यक भएको उनले बताए । संविधानमा मधेशी ,जनजाति, थारुको जायज माग सम्बोधन गरी बल्ल निर्वाचनमा जान सरकारलाई उनले सुझाव दिउका छन् । तमलोपाको महाधिबेशनमा जिल्लामा खटिएका त्रिपाठीले यो महाधिवेशन सरकार र शीर्ष दलका नेताहरुलाई वार्ताको महौल बनाउने गरी हुने दावी गरे । सरकार मधेशको माग पुरा गर्न उदासिन देखिएको देखिएकाले वार्तामा ढिला सुस्ती गर्दै आएको छ उनले भने –हामीलाई अल्झाउने काम भए मुलुकले निकाश पाउदैन ।

विशेष