गेट कलेजकोे यस्तोसम्म झुट, बिद्यार्थीहरुसंग ब्रम्हलुट
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिलालिटी एजुकेसन गेट कलेजले मीनासिंह खड्कालाई आफ्नो प्रचारको मुख्य माध्यम बनाएको थियो । ३५ विश्वविद्यालयकी प्रध्यापक आफ्नो अधक्ष्य रहेको उसको दाबी थियो । भर्ना हुन आउने विद्यार्थीलाई खड्काकै पहुंच देखाएर विद्यार्थीलाई लोभ्याइन्थ्यो । अमेरिका, जापान, क्यानडालगायतका देशमा सहज भिजा लाग्ने भनेर फुक्र्याइन्थ्यो । डबल पिएचडी, हार्वडमा प्रध्यापन गरेको, अमेरिकी राष्ट्रपति ओबामासंग दोस्ती रहेको, समाज परिवर्तनका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको, बाल्यकालमा मदर टेरेसासंगै बसेको आदि इत्यादि प्रसंग सुनेपछि विद्यार्थी स्वात्तै भर्ना हुन्थे । अहिले सबै नाटक रहेको चर्चा चलेसंगै विद्यार्थी विलखबन्दमा परेका छन् ।
कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईली अहिले क्याम्पस प्रशाशनसंग सम्पर्कबिहिन भएका छन् । स्रोतका अनुसार उनी दिल्ली हानिएका छन् ।
के भन्छन बिद्यार्थी बुधबार सो कलेजमा व्यवश्थापनसम्बद्ध कोही भेटिएनन् । सबैको मोबाइल स्विचअफ छ । रिसेप्सनमा बसेकाले पूरानो नम्मर परिवर्तन गरिएको तर नयां नम्बर आफुहरुलाई थाह नभएको प्रतिक्रिया दिए । केही विद्यार्थी भेटिए । उनीहरु भन्दै थिए,“कलेजले हामीलाई अन्याय गरेको छ । अनेक सपना देखाएर हाम्रो भविष्य माथी खेलवाड गरेको छ ।” त्यही कलेजमा बेकरी कोर्षको डिप्लोमा अध्ययनरत एक बिद्यार्थी भन्छन “ ६ महिना कोर्षको ९० हजार तिरेको छु तर पहिला भर्ना हुने बेलामा भनेजस्तो केही वातावरण छैन । ” अर्का बिद्यार्थी थप्छन “यहाँ झुटको खेती धेरै हुन्छ, भर्ना हुन आउदा एउटा भनिन्छ पछि अर्को गरिन्छ । बि एच एम तीन बर्षे कोर्षको अनेक सेवा र सुबिधा भनेर ६ लाख लिएको छ तर भनेजस्तो केही दिएको छैन । ” बिद्यार्थीहरु भन्छन,‘मिना सिंह खड्काको क्रेज र बिदेश गएर काम गर्ने आश्वाशनले हामी लोभ्भियौ तर वास्तबिकता अर्कै रहेछ । देखाउने दांत र खाने दांत फरक हुंदो रहेछ ।’
खड्का अध्यक्ष कसरी भईन खड्का वैशाखको भूकम्पलगत्तै हार्वर्ड छाडेर नेपाल आइपुगेको भनिएको थियो । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट)का प्रमुख कार्यकारी अधिकृत खेम लकाईले उनलाई फर्कनबाट रोकेको खड्काको दाबी छ । लकाईको आग्रहलाई मानेर उनी गेट कलेजको अध्यक्षको जिम्मेवारी सम्हालिन । ‘गेट’मा तीन विषय पढाउँनथालिन । सांस्कृतिक मानवशास्त्र, महिला अध्ययन अनि व्यक्ति र व्यक्तित्व विकास । उनले अन्र्तबार्तामा भनेकी थिईन नेपालमा उदारणिय मान्छे बन्नु छ र धेरै काम गर्नु छ । उदाहरणीय त भइन् तर झुटको । अहिले व्यंग्य हुन थालेको छ ।
यसरी प्रस्तुत गरेका थियो कलेजले उनलाई उनको कथा पत्रिकामा छापिएपछि, टेलिभिजनमा अन्र्तवार्ता प्रशारण भएपछि खड्का रातारात चर्चामा आईन । त्यही चर्चाको फाईदा उठाउन थाल्यो कलेजले । उनकै नामको बिज्ञापन गरेर उनकै हावादारी किस्सा सुनाएर विद्यार्थी भर्ना गरियो । विद्यार्थीलाई अहिले चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेजस्तो भएको छ ।
किन जिम्मेवारीमुक्त गर्यो कलेजले उनलाई पत्रपत्रिकामा बिबादित समाचार छापिएपछि उनलाई गेट्स कलेजले जिम्मेवारी मुक्त गरेको छ । पहिले उनको नाम बेचेर कलेजले बिद्यार्थी तान्ने काम गर्यो । कलेजको आधिकारिक स्रोतका अनुसार उनले पेस गरेको कागजातमा उनको योग्यता नपुग्ने देखिएको छ । कलेजले आफ्नो वेभसाईटबाट उनको विबरण हटाईसकेको छ । पहिले अध्यक्ष बनाउंने बेलामा डकुमेन्ट्स नहेरिकन किन जिम्मेवारी दिएको ? ‘हावामा अध्यक्ष जस्तो मान्छे नियुक्त हुन्छ ?’ कलेजका अभिभावकको प्रश्न छ ।
गेट कलेजकोे सम्बन्ध कलेजले आफ्नो देशविदेशका प्रतिष्ठित होटलसंग सहकार्य रहेको दाबी गरेको छ । तर, सो दाबी पनि झूटो रहेको विद्यार्थीको आरोप छ । सहकार्य भनिए पनि विद्यार्थी पठाउने गरिएको रहेनछ । कलेजले को विद्यार्थीलाई कहां पठाएको भन्ने विवरण पनि दिन सकेन ।
भित्रको विवाद बाहिर पोखियो स्रोतका अनुसार अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत लेकाईको सम्बन्ध पछिल्लो समय राम्रो थिएन । अध्यक्ष भएकी खड्का खरो स्वभावकी थिएन् । गफाडी त उनी हुंने नै भइन् । लेकाईले उनका गफ विस्तारै चाल पाएं । संचारकर्मीसम्म सो खबर पुर्याईदिए । खड्कालाई फसाउन खोज्दा कलेजपनि फस्यो । अध्यक्ष खड्काले आफ्नो बारेमा समाचार छापिएसंगै आफु जस्तोसुकै परिस्थितिको सामाना गर्न सक्ने भन्दै स्टाटस लेखिन् । उनले लेकाईलाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद पनि टक्राएकी छन् स्टाटसमा ।

र यो पनि,
► मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?
gate college khem lakai mina singh khadka