दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको विधान सदनमा
१ असार । व्यवस्थापिका–संसद्को बुधबारको दोस्रो बैठकमा वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले ‘दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको विधान’ बारे सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उक्त सम्झौता सदनसमक्ष प्रस्तुत गर्नुभयो ।
मुलुकको जैविक विविधता संरक्षण तथा वन्यजन्तुको चोरी सिकारी अन्त्य गर्ने दिशामा उक्त सम्झौता महत्वपूर्ण रहेको तथा नेपाल त्यसको पक्ष राष्ट्र भएकाले अन्तर्राष्ट्रिय प्रतिवद्धता पालना गर्न सम्झौता सामयिक भएको बताउनुभयो ।
त्यसैगरी, बैठकले ‘विनियोजन विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गर्यो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक विचारार्थ प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार ५ गते बिहान ११ः०० बजे बस्नेछ । रासस
Dachhin Asia
Sansad