News

विदेशीसँग विवाहपछि जन्मेका सन्तानले अधिकार पाउने

विदेशीसँग विवाहपछि जन्मेका सन्तानले अधिकार पाउने
असार–१, नेपाली नागरिकले विदेशीसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । adhikaar समितिले आजको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरी श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेको र उसले आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराए । उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको बताए ।

Adhikar Bideshi sang Bibah

विशेष