शान्ति समितिमा २९९ उजुरी
पोखरा, १ असार । स्थानीय शान्ति समितिको कार्यालय कास्कीमा सत्यनिरुपण तथा मेलमिलाप आयोगअन्तर्गत आजसम्म २५७ वटा उजुरी परेका छन् । त्यस्तै, बेपत्ता परिवारका व्यक्ति छानबिन आयोगमा ४२ वटा उजुरी परेका छन् । बेपत्ता परिवारका व्यक्ति छानबिन आयोगका लागि एक महिना म्याद थप गरी असार मसान्त र सत्यनिरुपण तथा मेलमिलाप आयोगका लागि असार २ गतेसम्म उजुरी दिन सकिने छ । रासस