News

टेलिकमको फाइबर सेवाको महसुल दर परिमार्जन

टेलिकमको फाइबर सेवाको महसुल दर परिमार्जन
असार - १। नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ । Fibre-Optic-Cable टेलिकमले यही असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर कायम गरेको हो । यसअनुरुप १० एमबिपिएस ब्यान्डविथको १२० जिबी डाटाको तीन महिनाका लागि रु पाँच हजार १६०, २५० जिबीको छ महिनाका लागि रु नौ हजार १२० र एक वर्षका लागि ६०० जिबीको रु २३ हजार ४० कायम गरिएको छ । यसबाहेकका अन्य प्याकेज स्थगन गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिइको शुल्क परिमार्जन गरी टेलिकमले नयाँ प्याकेज ल्याएको छ । उक्त प्याकेजअनुरुप तीन महिनाका लागि रु पाँच हजार, छ महिनाका लागि रु दुई हजार र १२ महिनाका लागि निःशुल्क गरिएको छ । टेलिकमले उपलब्ध गराएको सिपिइ बिग्रिएका खण्डमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिनुका साथै सो अवधिपश्चात् रु पाँच हजार लिएर रिप्लेस गरिने जनाएको छ । अप्टिकल फाइबरको महसुल दर एफटिटिएच सेवा जडान गर्दा ग्राहकलाई आवश्यक पर्ने टु कोर अप्टिकल फाइबर १०० मिटरसम्म निःशुल्क र सोभन्दा माथि प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिनेछ । उक्त ग्राहकको फाइबर काटिएर चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनःसञ्चालनका लागि फाइबर परिवर्तन गर्नुपरेमा प्रतिमिटर रु २० लिई सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । रासस

Fiber Optical nepal telecome Telecom

विशेष