News

पहिरोमा विद्यालय पुर्यो, पठन पाठन प्रभावित

पहिरोमा विद्यालय पुर्यो, पठन पाठन प्रभावित
असार - १, भारी वर्षापछि आएको पहिरोले खोटाङमा एक विद्यालय पुरेको छ । मंगलबार रातभर परेको अबिरल वर्षापछि बुधबार बिहान माथिबाट झरेको पहिरोले दोर्पाचिउरीडाँडा–४ बुवालुङस्थित सितला निमाविको पूर्वतर्फ रहेको दुई कोठे ब्लक र चार कोठे शौचालय पुरेको हो । schoolकक्षा ७ र ८ पठनपाठन हुँदै आएको भवन पहिरोले पुरिएपछि पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राईले बताए । कोही नभएको समयमा पहिरो गएका कारण मानवीय क्षति भने हुन पाएन । पहिरोले दुई कोठे ब्लकको दुई कोठा र चार कोठा भएको शौचालयको एउटा कोठा पूर्णरुपमा पुरिएको छ । कक्षा कोठा अभावमा अध्ययन अध्यपनमा अवरोध सिर्जना भएकाले शुक्रबारदेखि विद्यालय विदा गर्ने र अस्थायी कक्षा बनाएर पुःन कक्षा सुरु गर्ने अध्यक्ष राईको भनाइछ । ‘कोठा पुरिएपछि पठनपाठनमा समस्या भएको छ,’ राईले भन्नुभयो, ‘अस्थायी टहरो बनाएर कक्षालाई नियमित गर्छौँ ।’

khotang Landslide

विशेष