विदेश

फ्रान्समा प्रदर्शन गर्न प्रतिबन्ध लगाइने

फ्रान्समा प्रदर्शन गर्न प्रतिबन्ध लगाइने
असार,  १ । फ्रान्सले श्रम कानुन सुधारका लागि भनी मङ्गलबार गरेको  भएपछि प्रदर्शनमा नै प्रतिबन्ध लगाउनसक्ने चेतावनी बुधबार दिएको छ । fance map फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले मङ्गलबार भएको प्रदर्शन उत्तेजनात्मक एवम् हिंसात्मक भएको भन्दै यदि प्रदर्शनकारीबाट आगामी दिनमा संयमता नअपनाइए सुरक्षास्थितिलाई मध्यनजर गर्दै यस्ता आन्दोलनमाथि प्रतिबन्ध लगाउन सक्ने बताएका हुन । मङ्गलबार भएको प्रदर्शनले हिंसात्मकरुप लिँदा केही सुरक्षाकर्मीसहित ४० जना प्रदर्शनकारी घाइते भएका थिए भने प्रशासनले हिंसा भड्काएको आरोपमा ४४ जनालाई प्रहरी हिरासतमा लिएको छ । आतङ्कवादी हमलाको भयका बीच फ्रान्सले युरोकप फुटबल खेलको आयोजना गरिरहेको र यसै समयमा आन्दोलन हिंसात्मक बनी सार्वजनिक जीवन र सम्पत्तिको सुरक्षामा चुनौती आएमा मुलुककै प्रतिष्ठामा आँच आउनसक्ने राष्ट्रपति अलान्दका प्रवक्ता स्टेफेन ले फलले मन्त्रिपरिषद्को बैठकलाई जानकारी गराउनुभएको बताइएको छ । रासस÷एए

France

विशेष