News

एसएलसी नतिजा पत्रिकामा नआउने, रिजल्ट कसरी थाहा पाउने ?

एसएलसी नतिजा पत्रिकामा नआउने, रिजल्ट कसरी थाहा पाउने ?
असार - १, यो वर्षदेखि एसएलसी परीक्षाको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । परीक्षाामा सामेल ६ लाख सहभागी सबै पास हुने हुँदा सबैको सिम्बोल नम्बर पत्रिकामा छाप्न गाह्रो हुने भकाले वेबसाइट तथा एसएमएसमार्फत् पनिकाले रिजल्ट प्रकाशन गर्न लागेको छ । रिजल्ट थाहा पाउन एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ । नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्‍यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ। SLC ग्रेस माक्र्स नपाउने  गत वर्षसम्म नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो। परीक्षा नियन्त्रक काप्रीका अनुसार बिहीबार प्रकाशित हुने एसएलसी नतिजा ७ तहको अक्षरांकन प्रणालीबाट हुनेछ। त्यसका लागि टर्निङ पोइन्ट २० देखि ९० प्रतिशतसम्म भएकोले ग्रेस नम्बर दिन नमिलेको हो। गत वर्षसम्म एसएलसीको उत्तीर्ण प्वाइन्ट ३२ मात्र थियो । विगतमा टर्निङ प्वाइन्ट ३२ हँदा ५ नम्बर ग्रेस दिँदा २७ नम्बर ल्याउनेले लाभ लिन्थे। ग्रेड वृद्धि गर्न सकिने परीक्षार्थीले ग्रेडसिटाम बढीमा दुई विषयमा डी र ई वा डी र डी,वा ई र ई प्राप्त गरेको छ भने उसले एक पटकलाई आफनो ग्रेड वृद्धि गर्न सोही वर्ष ग्रेडवृद्धि परीक्षामा सामेल हुनसक्ने नयाँ ब्यवस्था गरिएको छ। विद्यार्थीलाई एक वर्ष खेर जान नदिन पास गराउने पुरक परीक्षा हुन्थ्यो। अब फेल र पासको प्रवधान हटाइएको अवस्थामा यो नयाँ व्यवस्था गरिएको हो। यसैगरी दुई भन्दा बढी विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीहरुकोलागि अर्को वर्षको मूल परीक्षामा सामेल हुने व्यवस्था समेत पनिकाले गरेको छ। विद्यार्थीले आफू अनुकुल हुनेगरी कुन परीक्षा रोज्नेमा भर पर्ने छ। यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्।

SLC exam

विशेष