News

एसएलसीको नतिजा आज

एसएलसीको नतिजा आज

Slc काठमाडौं असार २ । एसएलसी नतिजा आज परीक्षा नियन्त्रण कार्यालयले ०७२ को एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्दै छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले कुनै प्राविधिक खराबी नभएमा बिहीबार नतिजा सार्वजनिक हुने बताए । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ ।

शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो । एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ ।

तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको छ ।

SLC

विशेष