News

संघीय समाजवादी फोरमले मनायो स्थापना दिवस

संघीय समाजवादी फोरमले मनायो स्थापना दिवस

13444492_10206251901845477_322785374_n काठमाडौं, २ असार संघीय समाजवादी फोरम, नेपालले प्रथम स्थापना दिवस मनाएको छ । मधेसी जनअधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल र खस—समावेशी राष्ट्रिय पार्टी नेपाल तीनवटा पार्टीबीच गत १५ जुन २०१५ मा एकीकरण भई सङ्घीय समाजवादी फोरम, नेपाल नामक पार्टी बनेको थियो । स्थापना दिवस कार्यक्रममा बोल्ने शिषस्र्थ नेताहरूले पार्टी एकीकरण मात्रै नभई आन्दोलनको एकीकरण र विभेद विरुद्धको संघर्षका लागि ऐतिहासिक एकता भएको दाबी गरेका छन् ।

मधेस विद्रोहबाट स्थापित फोरम नेपाल, आदिवासी जनजाति आन्दोलनको जगमा गठन भएको सङ्घीय समाजवादी र उत्पीडित खसको पहिचानका लागि स्थापित खस–समावेशी पार्टीबीचको एकता नेपालको राजनीतिको ऐतिहासिक एकीकरण भएको राजनीतिक वृत्तमा चर्चा भएको थियो ।

Samajbadi

विशेष