पुरेत पाइन छाडे
असार २ । म्याग्दीमा पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले संस्कृत पढ्न छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ब्राह्मण पुरोहित, पुरेतको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।
वेद, उपनिषद्, पुराण, रुद्री लगायत ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पण्डितका अभावमा समस्या उत्पन्न हुन थालेको स्थानियको बताउंछन् । कर्मकाण्ड गर्ने बुढापाका ब्राह्मणको मृत्युपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । रासस
Sankrit