News

दुई वर्ष भित्रमा मेलम्चीको पानी काठमाडौंमा

दुई वर्ष भित्रमा मेलम्चीको पानी काठमाडौंमा

Melamchi काठमाडाै‌ असार २ । मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौं आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले बताएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा रहेका समितिका उप–कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरुङ निर्माण सम्पन्न भएको बताए । उनका अनुसार अब बढीमा डेढ बर्ष भित्रमा मेलम्चीको पानी काठमाडाै‌मा आउने छ । ‘अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष वैशाखको भूकम्प र भारतले गरको नाकाबन्दीका कारणले काम रोकिँदा इटालियाली ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौतामुताविक २०७३ असोजमा सुरुङ निर्माण नसकिए पनि अर्को असोज अघि नै पानी आउँछ’ श्रेष्ठले भने ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले बताए । ‘सुरुङ निर्माण सम्पन्न हुनु अघि नै आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकावासीको घरघरमा पानी वितरणका लागि लाइन पुर्याउँछ’– उनले भने ।

Melamchi

विशेष