धुर्मस सुन्तलीलाई सभासद रविन्द्र अधिकारीको साथ
काठमाडौं असार २ । एमाले सांसद एवम् विकास समितिका सभापति रविन्द्र अधिकारीले धुर्मुससुन्तलीलाई एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले उत्कृष्ट काम गरेको भन्दै उनले सहयोग घोषणा गरेका हुन् ।
राम्रो कामको कदरस्वरुप आफूले पाउने एक महिनाको पारीश्रमिक छिट्टै नै धुर्मुस (सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले सहयोग घोषणा गरेको उनले स्पष्ट पारेका छन्
Rabindra