News

एसएलसीको नतिजा प्रकाशित (नतिजा यो लिंकमा हेर्न सक्नुहुन्छ )

एसएलसीको नतिजा प्रकाशित (नतिजा यो लिंकमा हेर्न सक्नुहुन्छ )
प्रवेशिका परीक्षा अर्थात एसएलसीको नतिजा प्रकाशित भएको छ । अक्षरांक अर्थात ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशित भएको हो एसएलसीको परीक्षाफल यस्तो छ
परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ । ३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४ ३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७ २.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११ २.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१ २.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६ १.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८ १.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३ ०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८००० ०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ । ३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना ३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना २.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना २.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना २.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना १.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना १.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना ०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना ०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना एक्जाम्टेडतर्फ उमेर नपुगेका २७ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए । कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए। त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए । परीक्षा नियन्त्रक काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए । परीक्षा नियन्त्रक काप्रीले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए। ’नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००, ५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्नुहोला’, काप्रीले भने, ’नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ।’ एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np  मार्फत पनि थाहा पाउन सकिने सुविधा छ। त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ।
slc 2 slc 1

नतिजा यो लिंकमा हेर्न सक्नुहुन्छ ।

SLC

SLC exam slc exam 2073

विशेष