News

सुनसरीको सीमावर्ती क्षेत्रमा मदिरा बिक्रीमा रोक

सुनसरीको सीमावर्ती क्षेत्रमा मदिरा बिक्रीमा रोक

Rakshi

असार - २, सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । नेपाल र भारतबीचको सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । 

सीमा क्षेत्रमा नसालु पदार्थको सेवन र उपभोगले झैझगडा बढ्नुका साथै चोरीको त्राससमेत बढेकाले सुनसरीको साहेबगन्ज र कप्तानगन्ज नाकामा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । स्थानीय शान्ति समिति समन्वय सञ्जालको आग्रह र स्थानीयवासीको सहयोगमा सशस्त्र सीमा सुरक्षा बलले प्रत्येक दिन साँझ ७ बजेपछि मदिरा बिक्री वितरण गर्न नपाइने निर्णय गरेको सञ्जालका अध्यक्ष महेन्द्र मेहताले जानकारी दिए । खुल्ला सीमाका कारण भारतीय र केही नेपाली चोरले मदिरा सेवन गर्ने बहानामा सीमा क्षेत्रमा पस्ने र राति अबेर भएपछि चोरीको गतिविधि गर्ने गरेको बताइन्छ । रासस

drink Band in border sunsari

विशेष