एसएलसी नदिएका तर चर्चित भएकाहरु
असार - २ । रेखा थापा – नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री मात्र नभएर सफल निर्माता पनि हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट १०मा छनाैट भएकी थिइन् । त्यसको २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र ‘हिरा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको त्यो प्रवेश सुखद रह्यो । उनले त्यसपछि पछाडि फर्किनुपरेको छैन । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी उनलार्इ सफल नायीकाकाे रुपमा पनि बुझीन्छ ।
स्व. सुशील कोइराला– नेपाली कांग्रेस का पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री हुन । हालसम्मकै सादा जीवन विताएका नेता भनेर चिनिने सुशील कोइराला (सन् १९३९-२०१६) नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति भएसगैं विश्वभर चर्चा कमाएका थिए ।
राम कृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा कलाकार तथा गायक हुन्। उनी आधुनिक गीत गाउँछन्। उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो। गायन क्षेत्रमा अवसर पाएपछि उनले आफूलाई एक राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । उनी आफ्नो गायन यात्रा सानै हुँदा स्वर्गीय स्वरसम्राट नारायण गोपालका प्रसिद्ध गीतहरू गाएर शुरु गरेका हुन्। उनले पहिलो एल्बम आर्शिवाद (२०५०) सालमा बजारमा ल्याएका थिए ।
नायिका करिष्मा मानन्धर, पत्रकार ऋषी धमला लगायत चर्चित ब्यक्तीहरुले पनि एसएलसी गरेका छैनन् । उदाहरण अनेक भेटिन्छन् । एसएसली विग्रर्दैमा जीबन बिग्रेको भन्ने साेच्नु हुंदैन । त्यसो भन्दैमा नपढेपनि हुन्छ भन्ने अर्थ पनि लगाउनु हुंदैन ।
ram krishna dhakal
rekha thapa
susil koirala