News

एसएलसी नदिएका तर चर्चित भएकाहरु

एसएलसी नदिएका तर चर्चित भएकाहरु
rekha-thapa-sushil-koirala-ramkrishna-dhakal असार - २ । रेखा थापा – नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा निर्माता हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट १० भएकी थिइन् । त्यसको २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र ‘हिरा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरिन् । उनको त्यो प्रवेश सुखद रह्यो । उनले त्यसपछि पछाडि फर्किनुपरेको छैन । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । स्व. सुसील कोइराला– नेपाली कांग्रेस का पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री हुन । हालसम्मकै सादा जीवन विताएका नेता भनेर चिनिने सुशील कोइराला (सन् १९३९-२०१६) नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति भएसगैं विश्वभर चर्चा कमाएका थिए । राम कृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा कलाकार तथा गायक हुन्। उनी आधुनिक गीत गाउँछन्। उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो। गायन क्षेत्रमा अवसर पाएपछि उनले आफूलाई एक राम्रो नेपाली गायकको रूपमा स्थापित गरे। उनी आफ्नो गायन यात्रा सानै हुँदा स्वर्गीय स्वरसम्राट नारायण गोपालका प्रसिद्ध गीतहरू गाएर शुरु गरेका हुन्। उनले पहिलो एल्बम आर्शिवाद (२०५०) सालमा बजारमा ल्याएका थिए । नायिका करिष्मा मानन्धर, पत्रकार ऋषी धमलालगायत चर्चित पात्रले पनि एसएलसी गरेका छन् । उदाहरण अनेक भेटिन्छन् । एसएसली विग्रर्दैमा जीबन बिग्रेको हुंदैन । त्यसो भन्दैमा नपढेपनि हुन्छ भन्ने अर्थ लगाउनुहुंदैन ।

ram krishna dhakal rekha thapa SLC exam slc exam 2073 susil koirala

विशेष