सफलताको कथा News समाज

एसएलसी फेल भएर पनि उत्कृष्ट भएका

एसएलसी फेल भएर पनि उत्कृष्ट भएका

असार -  २, हरिवंश आचार्य को जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामा भएको हो । उनी गाउन र अभिनयमा अब्बल ठहरिन्छन् । उनलाई नेपाली हास्यव्यंग्य क्षेत्रका वरिष्ठ व्यक्तित्वको रुपमा चिनिन्छ । 

आचार्य, आफ्नो पीडालाई विर्सेर अरुलाई हसाउने कलाकार हुन् । उनले केही चलचित्र अभिनय गरेका छन्, जसमध्ये लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, जुन नेपाली चलचित्र उद्योगमा निकै नै लोकप्रिय थिए । २०३४ देखि मदन कृष्ण श्रेष्ठसँग जोडिएर  ‘महजोडी’ बनेका थिए । आचार्यले पछिल्लो समय ‘चिना हराएको मान्छे’ नामक पुस्तक बजारमा ल्याए, यो पुस्तकलाई नेपाली पाठकले धेरै रुचाए । हास्यव्यंग्य कलाकार र लेखक अाचार्यले एसएलसी तेस्राे पटकमा पास गरेका थिए।

विश्व कवि रविन्द्रनाथ टेगोर भारतको कोलकतामा – ७ अगस्ट, १९४१ विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्यका एकमात्र नोबेल पुरस्कार विजेता हुन् । बंगाली साहित्यको माध्यमबाट भारतीय सांस्कृतिक चेतनामा नयाँ आयाम ल्याउने रविन्द्र नै थिए ।

उनी एसियाका प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति हुन् । टेगोर विश्वका एकमात्र त्यस्ता साहित्यकार हुन् जसले दुर्इ देशका राष्ट्र गान रचना गरे । भारतको राष्ट्रगान जन गण मन र बंगलादेशको राष्ट्रिय गान आमार सोनार टेगोरकै रचना हुन् । तर उनी सात पटकसम्म एसएलसी फेल भएका थिए ।

haribansh aachary Rabindra nath tegor SLC

विशेष