प्रोफाइल News समाज

बोर्डफर्स्ट जो चर्चामा रहे

बोर्डफर्स्ट जो चर्चामा रहे
गोपाल प्रसाद रिमालको जन्म वि.सं. १९७४ जेठ १८ गते लगनटोल, काठमाडौंमा भएको थियो । उनी १९९२ सालको प्रवेशिका परिक्षामा नेपाल प्रथम गरेका थिए । उनी नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको “आमाको सपना” कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.स.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन । उनको मसान समकालिन साहित्यमा चर्चित नाटक हो। आमाको सपना कवितासंग्रह लगायतका उनका विभिन्न कृतिहरू प्रकाशित छन् । चर्चित नेपाली गीत “रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो” यिनैले लेखेका हुन् । rimal, baburam डा. बाबुराम भट्टराई– हाल नयाँ शक्ति नेपालका संयोजक हुन् । उनी २०२६ सालको प्रवेशिका परिक्षामा नेपाल प्रथम गरेका थिए । बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष र नेपालको ३५ औ प्रधानमन्त्री पनि । संविधान सभामा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद पनि हुन ।

Dr. Baburam Bhattari Gopal Prasad Rimal Prakash Chandra Lohani slc board topper

विशेष