न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा

काठमाडौं, असार ३ न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको भन्दै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् । न्याय क्षेत्रमा र्पुयाएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको मनुस्मृतिमा गत वर्ष विद्याबारिधि गर्ने व्यक्ति भएको बताउंदै उनले मुद्धा दर्ता गरेका हुन् । उनले न्यायपरिषद्बाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो राखेका छन् ।
अरु न्यायाधीशको क्रमसंख्या उल्लेख गर्दा उनले गरेको प्रशासनिक कार्य्विधि जोडिए पनि आफू न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रुपमा ३० वर्षसम्म र्पुयाएको योगदानको उपेक्षा गरिएको उनको भनाइ छ । सिद्दिकीले २०३६ पुसदेखि कानुन व्यवसाय गर्दै आएको थिए । उनले परिषदबाट यस अघिको गणना नगरी क्रमसंख्यामा अन्य न्यायाधीशभन्दा पुछारमा नाम राख्ने काम भएकाले यस्तो कार्य रोक्न सर्वोच्चसँग माग गरेका छन् । परिषद्ले भने आफ्नो अभिलेखमा सिद्दिकीको न्याय सेवा प्रवेश मिति २०६६ भदौ २१ गते जनाउँदै आएको छ । ३० वर्षको इतिहासै मेटिने गरी सात वर्षमात्र गण्ना गरिएपछि उनले परिषदसँगचित्त दुखाएका छन् । अन्नपूर्ण पोष्ट
suprem court