ब्रिटिश महिला सांसदको हत्या
असार ३ । ब्रटेनमा विपक्षी लेबर पार्टीकी एक युवा सांसद जो कक्सको हत्या गरिएको छ । ब्रिटेनको बेटल र स्पेन निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्ने ४१ वर्षीय सांसद जो कक्समाथि बिहीबार उनकै संसदीय निर्वाचन क्षेत्रमा हमला गरिएको थियो । प्रत्यक्षदर्शीहरुले उनीमाथि गोली प्रहार गेपछि चक्कु समेत हानेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको अस्पताल लैजादा लैजादै निधन भएको थियो । हत्याको अभियोगमा प्रहरीले एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएका छन् ।
England