द्रुत सेवा दिने भन्दै सरकारले बढायो फेरि पासपोर्टको भाउ
काठमाडौं असार ३ । सरकारले द्रुत सेवाको नाममा अझै शुल्क बढाएको छ । राहदानी तत्काल आवश्यक परेको उल्लेख गर्दै तोक आदेश बढेपछि सरकारले त्यसलाई निरुत्साहित गर्न र चुस्त सेवा दिन भन्दै राहदानीको थप शुल्क निर्धारण गरेको । द्रुत मार्गबाट राहदानी लिनेलाई ५ हजार थप शुल्क लिएको सरकारले पुनः एक दिने र भोलिपल्ट र तीन दिने भन्दै क्रमशः १५, १२ र १० हजार शुल्क निर्धारण गरेको हो । आफ्नै जिल्लाबाट नियमित रुपमा पासपोर्ट लिएमा यसअघिकै पाँच हजारमात्र शुल्क लाग्नेछ ।
जिल्लाबाट आउँदा २० दिनमा नै राहदानी पाइनेसमेत जनाएको छ । यद्यपी जिल्लाबाट ४५ दिनमा राहदानी पाउने उनीहरुकै नियमावलीमा उल्लेख छ । जिल्लाबाट नर्मल रुपमा राहदानी लिदा ५ हजार मात्र राजश्व लाग्छ । सरकारले १० बर्ष मुनीका बालबालिकालाई भने सबै सेवामा पासपोर्टमा आधा शुल्क लिने भएको छ । जिल्ला देखि द्रुत सेवा सम्म बालबालिकालाई आधामात्र शुल्क लाग्नेछ ।
Foreign Minister Nepali Passport Passport Nepal