News

उजुरी दिने म्याद १ महिना थप

उजुरी दिने म्याद १ महिना थप

truth काठमाडौं असार ३ । द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन् ।दुवै आयोगले असार मसान्तसम्म उजुरी दिन सक्नेगरी समय बढाएका हुन। यसअघि उजुरी दिने समयसीमा जेठ मसान्तसम्म तोकिएको थियो । वैशाखदेखि उजुरी लिन थालेका आयोगले पहिलोपटक दुई महिनाको समय दिएका थिए । सम्पूर्ण पीडितको उजुरी आइनसकेको देखिएकाले एक महिना लम्ब्याउने निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता तथा सदस्य विष्णु पाठकले जानकारी दिए ।

आयोगमा पछिल्ला दिन उजुरी दिने क्रम तीव्र रहेको र पीडितले नै समय थप गरिदिन आग्रह गरेकाले एक महिना समय थप गरिएको हो, प्रवक्ता पाठकले भने, ’प्रारम्भिक अनुसन्धान सुरु हुने भएकाले र नियमावलीमा अनुसन्धानका लागि ६ महिना हुनुपर्ने व्यवस्था रहेकाले थप गरिएको हो ।’ नियमावलीमा आयोगमा उजुरी दर्ता भएको छ महिनामा विस्तृत अनुसन्धान गरिने भनिएको छ । सत्यनिरुपण आयोगको केन्द्रीय कार्यालय बबरमहल र बेपत्ता आयोगको पुल्चोकमा उजुरी दिन सकिने गरी म्याद थप गरिएको हो । उजुरी खामबन्दी वा मौखिक रूपमा समेत गर्न सकिनेछ ।

truth reconciliation commission nepal

विशेष