डेढ वर्ष भित्र चुनाव हुन नसक्नेः देउवा


काठमाडौं, असार ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डेढ वर्षभित्रै तीन वटै निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको घोषणा झूठो भएको बताएका छन् । वर्तमान सरकारको भविष्य अनिश्चित रहेको संकेत गर्दै प्रधानमन्त्री ओलीकै पार्टी एमाले र सत्तामा रहेका नेताहरुको फरकफरक धारणाले निर्वाचन गर्ने घोषणा झूठो भएको बताए । उनले संविधान कार्यान्वयनको जिम्मेवारी कांगे्रसले लिने समेत बताए । कांग्रेसले संविधान जारी गरी २००७ सालदेखिको सपना पूरा गरेकाले कार्यान्वयनको नेतृत्व गर्ने दाबी गरे ।
Deuba