News

सरकार पूर्ण रुपमा असफलः रामचन्द्र पौडेल

सरकार पूर्ण रुपमा असफलः रामचन्द्र पौडेल

Ram-Chandra-Paudel1 काठमाडौं, असार ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन् । शुक्रबार राजधानीमा प्रेस युनियनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाए । उनले सत्ताका लागि नभएर संविधान कार्यान्वयन र राष्ट्रिय हितका लागि राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिए । त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्व विना लोकतन्त्र संस्थागत नहुने भएकाले दलहरुबीच सहमति आवश्यक भएको बताए ।

Nepali Congress Nepali Politics

विशेष