विदेश

राष्ट्रपति ओबामा ओल्र्याण्डोमा

राष्ट्रपति ओबामा ओल्र्याण्डोमा
असार - ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहर पुगेका छन् । Obama उक्त सहरमा अवस्थित एक रात्रि क्लबमा गोली चलाएर एक व्यक्तिले ४९ जनाको हत्या गरेको थियो । सो स्थानमा पुगेर उनले मारिएका परिवारका आफन्तलाई भेट भटेका छन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ओबामा मारिएका परिवार र घाइतेहरुलाई सान्त्वना दिन त्यहाँ पुगेकाे जानकारी दिएको छ । अफगान मूलको अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जनरत रहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउने क्रममा आफैँले बन्दुक हानेर हत्या गरेको थियो । त्यस गोलीकाण्डमा परी ४९ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन् । घाइतेको उपचार जारी रहेको छ । गएको आइतबारको सो घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ । साथै विश्वका नागरिकले अमेरिकीलाई समवेदना पनि पठाएका छन् । राष्ट्रपति ओबामाले गएका दिनहरुमा आफूले अमेरिकामा बन्दुकको नियन्त्रणका लागि गरेका प्रयासहरुको स्मरण गरे र घरायासी अतिवादीहरुका कारण यसरी नागरिकको ज्यान जाने गरेको बताए । 

Barak Obama Holland

विशेष