जापान पठाइदिन्छु भन्दै ठगी गर्ने जापानी नागरिक पक्राउ

असार – ३, जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापनी नागरिक हिरोसि मोरिकवा र नेपाली नागरिक बज्र गुरुङ रहेका छन् । उनीहरुलाई न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरिकवा जापानको पासोमा नामको मल्टिनेश्नल कम्पनीको मेनेजर रहेको र विगत ४५ वर्षदेखि साथ भएको भन्दै ठगी गर्ने गरेको खुलासा भएको छ । उनीहरुले जापानमा महिनाको ३ देखि ४ लाखसम्म कमाइ हुने भन्दै जनही ८ लाखमा उठाउने गरेका थिए ।
गोरखा घर हुने जनकराज ढकालसहित १२ जनाबाट ११ लाख ३० हजार रकम उठाइ दुबै जना सम्पर्क विहिन भएका थिए । केही समयदेखि सम्पर्क विहिन रहेका उनीहरुकाे विरुद्ध पीडित पक्षले महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । महाशाखाबाट खटिएको विशेष टोलीले ठगी अाराेपीलार्इ पक्राउ गरेको हो । मोरिकवा र गुरुङलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएको छ ।
baideshi rojbar thagi
