News स्वास्थ्य

सिआइबीको टोलीले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत ४ डाक्टर पक्राउ

सिआइबीको टोलीले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत ४ डाक्टर पक्राउ
असार- ३, नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट चारजना डाक्टरलाई पक्राउ गरेको छ। prisoner-jail वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत अर्थोपेडिक्स डा. सरोज सिंह, बालरोग बिशेषज्ञ डा. कुशराज गिरी, डा. पनालाल पटेल र नाक, कान, घाँटी रोग बिशेषज्ञ डा. दिनेश साहलाई प्रहरीले पक्राउ गरेको छ। स्रोतका अनुसार डाक्टरहरुले नक्कली प्रमाण पत्र पेश गरेको आशंकामा छानविनका लागि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले सिआइबीले डाक्टर पक्राउ गरेको आफूले सुनेको तर कारण थाहा नभएको बतायो । अस्पतालका डाक्टरहरुलाई प्रहरीले लगेको तर लैजानु पर्ने कारण बारे आफूलाई थाहा नभएको अस्पतालले जानकारी दियो। सिआइबीले एसएलसी तथा प्लस टुको नक्कली प्रमाण पत्र बनाएर डाक्टर बनेका र इन्जिनियर बनेकाहरुमाथि पछिल्लो समय छानविन र कारवाही गरिरहेको छ ।

Birganj CIB

विशेष